तीन गेडीहरु

परेलीमै सजाई, राखौ भन्छु तिम्लाई,
किन यस्तो हुन्छ है, भनि देउ मलाई ।
छाँसौन,
हामी मिली, माया गाँसौन ।१।

तिमी बन्नु बेहुली, म बनौला बेहुला,
खानु पर्छ बाँडेर, सुख दुःख जे होला ।
गन्नु है,
यो कालेको, राधा बन्नु है ।२।


मुटू माग दिउला, तर साथ नछोड,
यात्रासँगै गरौला, हिड्ने बाटो नमोड ।
झरौला,
रावा खोला, सँगै तरौला ।३।

0 comments

Post a Comment