गजल
गाँउ घरमा अर्मपर्म चलाई राख्नु ठूली,
मुटूभरि हाम्रो मायाँ फलाई राख्नु ठूली ।
टाढा हुँदा रहरहरु कोल्टे लाग्न सक्ला,
पिरतीको दियो सधै जलाई राख्नु ठूली ।
जिन्दगीका मोडहरुमा बर्षा मात्र हुन्न,
खडेरीमा पनि तिमी पलाई राख्नु ठूली ।
साँझ विहान तिम्रै नाम जप्छु पर्देशमा,
तिम्ले पनि मुटूभित्र मलाई राख्नु ठूली ।
रचनाकाल : ०८ साउन २०६८
दोहा, कतार ।
मुटूभरि हाम्रो मायाँ फलाई राख्नु ठूली ।
टाढा हुँदा रहरहरु कोल्टे लाग्न सक्ला,
पिरतीको दियो सधै जलाई राख्नु ठूली ।
जिन्दगीका मोडहरुमा बर्षा मात्र हुन्न,
खडेरीमा पनि तिमी पलाई राख्नु ठूली ।
साँझ विहान तिम्रै नाम जप्छु पर्देशमा,
तिम्ले पनि मुटूभित्र मलाई राख्नु ठूली ।
रचनाकाल : ०८ साउन २०६८
दोहा, कतार ।
0 comments