केही हाईकु
धर्तीमा आज
मानवता हरायो
कसैले देख्यौ ? ।।१।।
पसिना बग्यो
पराईको भूमीमा
स्वदेश सुख्खा ।।२।।
गुराँस फूल्दा
मन फूल्न मानेन
दुरदेशमा ।।३।।
मास्न खोज्छु म
विजाउने त्यो हिजो
झाँगिन्छ झन ।।४।।
घात फल्नु–ले
पिरतीको खेतीमा
दुख्दै बस्याछु ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments