बसाई सर्ला
सम्झनाको बाढी चल्दा मुटू गाँठो पर्ला,
त्यसै आँसु नबगाउनु खुशी बसाई सर्ला ।
याद बनि आए भने सपना सम्झि भूल्नु,
म बिना’नि तिमी अब गुराँस जस्तै फूल्नु ।
मेरै हुन खोज्ने मनले हाँस्न बाधा गर्ला,
त्यसै आँसु नबगाउनु खुशी बसाई सर्ला ।
तिमीसँगै मुटू साटी जूनी काट्ने मनथ्यो,
तिमी मेरो भए देखि संसार अर्कै बन्थ्यो ।
कुनै दिन मेरो यादमा तिम्रो आँसु झर्ला,
त्यसै आँसु नबगाउनु खुशी बसाई सर्ला ।।
रचनाकाल : २१ साउन २०६८
दोहा, कतार ।
त्यसै आँसु नबगाउनु खुशी बसाई सर्ला ।
याद बनि आए भने सपना सम्झि भूल्नु,
म बिना’नि तिमी अब गुराँस जस्तै फूल्नु ।
मेरै हुन खोज्ने मनले हाँस्न बाधा गर्ला,
त्यसै आँसु नबगाउनु खुशी बसाई सर्ला ।
तिमीसँगै मुटू साटी जूनी काट्ने मनथ्यो,
तिमी मेरो भए देखि संसार अर्कै बन्थ्यो ।
कुनै दिन मेरो यादमा तिम्रो आँसु झर्ला,
त्यसै आँसु नबगाउनु खुशी बसाई सर्ला ।।
रचनाकाल : २१ साउन २०६८
दोहा, कतार ।
0 comments