पिरतीको मूल्य चिन

पिरतीको मूल्य चिन

टुट्नुपर्छ नाता किन छुट्नुपर्छ साथ किन,
माया गर्ने ऐ मनुवा पिरतीको मूल्य चिन ।

तिम्रै एउटा नादानीले कुनै मुटू दुख्नुपर्छ,
फलेको हाँगोसरि गाँउबस्तिमा झुक्नुपर्छ ।
दुईदिन बाँच्न पनि यति ठूलो झेल किन,
माया गर्ने ऐ मनुवा पिरतीको मूल्य चिन ।

साथदिन सक्छौ भने कसैलाई बचन देउ,
मायागर्ने बहानामा पराईको ज्यान नलेउ ।
चोखो मायाँ गर्नेसँग पर्दाहाल्ने खेल किन,
माया गर्ने ऐ मनुवा पिरतीको मूल्य चिन ।

रचनाकाल : ०९ साउन २०६८
दोहा, कतार ।

0 comments

Post a Comment