दुई मुक्तक

सपनामा पनि तिमी धाउनु मेरो दिलमा,
पिरतीको खेतिपाती लाउनु मेरो दिलमा ।
घातलाग्दा उजाड छ सुन्दर संसार मेरो,
हराभरा बन्ने मनछ छाउनु मेरो दिलमा ।।

मेरो चोटमा आँसु झार्ने महान दिल छ तिम्रो,
स्वार्थ रहित खुशी सार्ने महान दिल छ तिम्रो ।
जूनीभरि तिम्रै समिप हाँस्न खेल्न देउ मलाई,
मेरै लागि मुस्कान तार्ने महान दिल छ तिम्रो ।।

0 comments

Post a Comment