गजल

तिम्रै यादमा चल्ने मुटू चर्काएर गयौ किन ?
यतैतिर आउने पाईला फर्काएर गयौ किन ?

दुनियाँले जे भने’नि तिमी राम्रो भन्थे मैले,
तिम्रोलागि ज्यानै दिन्थे थर्काएर गयौ किन ?

दिलै भरि पिरतीका मुनाहरु मौलाउँदै थ्यो,
बढ्नै नपाई कलिलोमै मर्काएर गयौ किन ?

जतनगरि तिमीमात्र सजाई राखे परेलीमा,
तर तिम्ले मोती दाना तर्काएर गयौ किन ?

रचनाकाल : ०७ साउन २०६०
दोहा, कतार ।

0 comments

Post a Comment