पोख्न पाए हुन्थ्यो

कस्तो होला उस्को मन जोख्न पाए हुन्थ्यो,
मनको पीडा अन्तै लगि पोख्न पाए हुन्थ्यो ।

विश्वासमाथि घात गर्ने मान्छे कति कति,
खोस्नै खोज्छन् बहानामा खुशी भए जति ।
खुशी खोस्ने सीमा रेखा तोक्न पाए हुन्थ्यो,
मनको पीडा अन्तै लगि पोख्न पाए हुन्थ्यो ।

चोखो मायाँ हेर अचेल लुट्ने मेलो बन्यो,
माया माथि घात गर्ने बाटो कस्ले खन्यो ।
स्वार्थ गोड्ने ती हातहरु रोक्न पाए हुन्थ्यो,
मनको पीडा अन्तै लगि पोख्न पाए हुन्थ्यो ॥

रचनाकाल : ०४ साउन २०६७
दोहा, कतार ।

0 comments

Post a Comment