गजल

जीवन देखी थाकेर खरानी धसेको म मान्छे,
भोगाई भित्र रहरले चेपुवा कसेको म मान्छे ।

गोरेटो उहि शिखर जानेको म चाँही बेशीमै,
शिखर पुग्छ भनेर धकेल्दा खसेको म मान्छे ।


ओबानो छैन परेली अचेल आँसुको साउनेछ,
आफन्तै बैरी बनेर हेलामा बसेको म मान्छे ।

भरोषा हुन्न कसैको आफ्नैले लुटेको यता त,
आँखामा पर्दा खसेर ठगिदै फसेको म मान्छे ।।

रचनाकाल : २७ चैत्र २०६७
दोहा, कतार ।

0 comments

Post a Comment