तीन गेडीहरु
स्वार्थी बस्ने बस्तिको, राजधानी शहर,
लुटी बाँच्न खोज्दैछ, कस्तो पापी रहर ।
मोड है,
मान्छे भए, लुट्न छोड है ।१।
चाहिएन सहारा, घमण्डमा फूल्नेको,
किन रुनु यादमा, गति छाडि डुल्नेको ।
बार्नेछु,
निर्मोहीको, मायाँ मार्नेछु ।२।
उल्टो बग्यौ तिमीले, बाँध हाल्न सकिन,
जान्छु भन्यौ भिरैमा, काँध हाल्न सकिन ।
हाँसो भो,
तिम्रो मायाँ, गला पाँसो भो ।३।
0 comments