गजल

मैलेजस्तै तिम्लेपनि मायाँ गर भन्दिन म,
मेरै खातिर लेकछाडि बेशी झर भन्दिन म ।

सकेसम्म बाँचिदिन्छु हिजोमाथि पर्दा हाली,
मनैभरि स्वार्थ पाली खुशी छर भन्दिन म ।

बाचाहरु कता भागे सोधी खोजि गर्ने छैन,
दोबाटोमा छाडि गयौ दण्ड भर भन्दिन म ।

नियतीले छले पछि दुख्दै बस्नु जिन्दगी हो,
छातीभित्र दुखे दु:खोस् पीडा हर भन्दिन म ।।

रचनाकाल : २९ बैशाख २०६८
दोहा, कतार ।

0 comments

Post a Comment