साईत जुरे पछि

गोधुलीमा भेट्न आउनु घरको धन्दा तुरे पछि,
खुशीयाली बर्षात हुन्छ भेट्ने साईत जुरे पछि ।

मोहनी पो लगायौकि तिमीनै हो संसार लाग्छ,
हजारौको भीड छाडि तिम्रैपछि यो मन भाग्छ ।
तिम्रै नाम पो बके भन्छन् सपनीमा घुरे पछि,
खुशीयाली बर्षात हुन्छ भेट्ने साईत जुरे पछि ।


बिहानदेखी साँझ सम्म देउरालीको बाटो हेर्छु,
साँझसम्म आएनौभने भोलि भेट्ने आशा बेर्छु ।
भोक प्यास बसाई सर्छ तिम्रो बाटो कुरे पछि,
खुशीयाली बर्षात हुन्छ भेट्ने साईत जुरे पछि ।।

रचनाकाल : १३ जेठ २०६८
दोहा, कतार ।

0 comments

Post a Comment