केही हाईकु
लाजै पचे’सी
के अर्थ लोकनिन्दा
सक्दो नाङ्गिनु ।।१।।
मेरो हाँसोले
तिमीलाई विजाए
माफ गर है ।।२।।
नाता तोडेर
जोरीपारी हसायौ
धन्य हौ तिमी ।।३।।
यो सहयात्रा
मायाले सम्भब भो
छुटिनु हुन्न ।।४।।
हार्दिकताको
अनिकाल पर्नाले
दया भोकायो ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments