गजल

धनको लोभमा पर्ने हुँदा सातसमुन्द्र तरेकोछु,
कस्तो हाल छ नसोध्नुहै बन्धकीमा परेकोछु ।

पराई देशमा जतिगरुँ गरिस् भन्ने हुन्न कोही,
खोटी कर्म मेरो भन्दै मन बुझाउने गरेकोछु ।

हप्कीदप्की खानुपर्छ पाईला पिच्छे कति कति,
छाती पोल्ने बचन खाँदै भोको भुडि भरेकोछु ।


तातो घाममा खट्नुपर्दा मेलोतिरै ढल्छ कोही,
म पनि त जीउँदो छैन हजार पटक मरेकोछु ।

कर्तव्यमा पर्दा हाल्दै भाग्नु हुन्न भन्ने सोची,
मैले आज पीडा भूल्दै मनमा खुशी छरेकोछु ।।

रचनाकाल : ८ जेठ २०६८
दोहा, कतार ।


0 comments

Post a Comment