दुई मुक्तक

आफू धार्नी अरु बिसौली जोख्छौ मान्छे,
पापको भारी कहिले सम्म बोक्छौ माछे ।
अब त आँखा खोल नयाँ युगका मनुवा,
अरु लुटेर पूण्य गरे किन खोक्छौ मान्छे ।।१।।

देशको हालत उस्तै लोकतन्त्र आएपनि,
सर्वहारा पिल्सीराछन् गणतन्त्र छाएपनि ।
बलियाकै ढलीमलि आजपनि समाजमा,
निमुखाको हाल उहि प्रजातन्त्र पाएपनि ।।२।।

0 comments

Post a Comment