गजल
घमण्डमा फूल्नु हुन्न आखिर मर्नु पर्छ एकदिन,
धर्ती हाम्रो पेवा होईन बस्ति सर्नु पर्छ एकदिन ।
जिन्दगीको गोरेटोमा यस्तो पनि घुम्ति आउँछ,
तिम्रो खुट्टा कामे पनि जंघार तर्नु पर्छ एकदिन ।
झुट्को खेती मौलाउँदा पापीहरु जीते ठान्छन्,
पाप र धर्म हिसाबहुँदा दण्ड भर्नु पर्छ एकदिन ।
जित्छु भन्दै गलत बाटो नलाग्नु है यहाँ तिमी,
गलत गर्दै शिखरपुगे भुईँमा झर्नु पर्छ एकदिन ।
जुनेलीको आशा राखि आफै भित्र दुख्ने किन ?
अधेरीमा ढल्दा पनि मुस्कान् छर्नु पर्छ एकदिन ।।
रचनाकाल : २३ जेठ २०६८
दोहा, कतार ।

0 comments