गजल

एउटा सत्य लुकाउन सयौ झुट बोली दियौ,
मलाई नीच देखाउन आफ्नै भेद खोली दियौ ।

मनमा कुरा गुणी हेर सत्य सधै जित्छ यहाँ,
जालझेलको खेतीगरि पापैमात्र घोली दियौ ।


गलत बाटो जानुपर्ने वाध्यतानै कहाँ थियो,
ईज्जत किन्न पाउदैन बदनामी मोली दियौ ।

ई्र्रश्वर अन्धा छैन यहाँ सबै हेरी बहि राख्छ,
अरुलाई पो छले भन्यौ खुशीहरु पोली दियौ ।।

रचनाकाल : २१ कार्तिक २०६७
दोहा, कतार ।

0 comments

Post a Comment