गजल

गणतन्त्र पंन्चे-तन्त्र नाम उस्तै देखे
पार्टी बेग्लै भन्नुमात्र काम उस्तै देखे

मान्छेभए किन बिक्थे बिके अरे सुन्छु
नेताबिक्ने खशीबिक्ने दाम उस्तै देखे

परिवर्तन हुन्छ भन्ने धेरै आशा गर् यौ
लोकतन्त्र भन्छन् तर गाम उस्तै देखे


बाचा गरे निमुखाको भलो गर्छौ भन्दै
हुनेलाईनै फाईदागर्ने घाम उस्तै देखे

भोटमाग्दा जनताको नेता भन्थे आफू
निमुखाकै पेट काट्ने माम उस्तै देखे

जुनै जोगी आए पनि कानै चिर्ने रै'छ
लुटौ भन्दै नेता बस्ने लाम उस्तै देखे

रचनाकाल : १४ जेठ २०६८
दोहा कतार ।

0 comments

Post a Comment