दुई मुक्तक

रुपै हेर्छन् मान्छेहरु रुपले कहाँ खान दिन्छ,
शिपै बिना शिखरमा रुपले कहाँ जान दिन्छ ।
त्यसैले त भन्छु सधै कर्म गरौ कालो हटाई,
सत्कर्मले जिन्दगीलाई सधै भरि मान दिन्छ ।।१।।


उस्तैउस्तै मनमिले चोखो मायाँ लाईन्छ,
रुपको धनी होईन मनको धनी चाहिन्छ ।
कर्तव्यको भारी बोके पिरती फूल्छ यहाँ,
पिरतीले फूल्न सके शिखर जान पाईन्छ ।।२।।

0 comments

Post a Comment