केही हाईकु

शब्द्धको खेती,
फलेन यसपाली
भोकै बसौला ।।१।।

बस्ति बस्तिमा,
स्वार्थी मन फूलेछ ।
आँखा छोप है ।।२।।

फेवा तालैमा,
संविधान डुब्यो रे
खोज्न जान्छु म ।।३।।


कालीको मायाँ,
छातीभरि गडेछ
अब के होला ? ।।४।।

निकाल्छु भन्छौ,
यो मुटू दिलबाट
मन मान्दैन ।।५।।

0 comments

Post a Comment