आफू दुखी प्रसवमा

आफू दुखी प्रसवमा यो धरती देखायौ,
स्वाभिमानी मान्छे भै जीउन सिकायौ ।

भोकै बसी आफूले मेरो त पेट भर्‍यौ,
ढिकीजाँतो मेलापात सयौं कष्ट गर्‍यौ ।
दश धारा चुसाएर मलाई त टिकायौ,
स्वाभिमानी मान्छे भै जीउन सिकायौ ।

सत्कर्ममा लाग्नलाई देखाएर बाटो यो,
फूल्योफल्यो धर्तीमा जीवनको पाटो यो ।
ज्ञानी गुणी बनाएर मलाई त बिकायौ,
स्वाभिमानी मान्छे भै जीउन सिकायौ ।।

रचनाकाल ०३ मे २०११
दोहा, कतार ।

आज मैले यति मात्र लेख्न सके । हुन त आमाको बारेमा जति लेखे पनि कमै हुन्छ । सन्तानले आमाको गुण कहिले पनि तिर्न सक्दैन । मेरो यो प्रयास आजको सुखद घडीमा सप्पै आमाहरुमा सर्मपन गर्दछु ।

0 comments

Post a Comment