गजल
रेगिस्तान्मा मेरो लागि चौतारीको बर लाग्यो,
मेरो खुशी ओत लाग्ने त्यहि मात्र घर लाग्यो ।
आनि बानि मन पर्यो कुरा छाडौ सुन्दरताको,
हाम्रो भेट बाक्लिनाले अनि उस्कै भर लाग्यो ।
आफ्नो स्थान ननापेरै अघि बढ्न खोजे मैले,
नाप्नै पर्ने बेला आयो नाप्दा दुरी पर लाग्यो ।
आँखा लोभि मनै पापी आफ्नै भने भित्रभित्रै,
मायाँगर्छु साथदिन्छौ भन्ने सोध्न डर लाग्यो ।
देखेकोले हुन्न अरे लेखि ल्याउनु पर्छ जान्दा,
लेख्या छैन निधारैमा भनि भुल्न कर लाग्यो ।।
रचनाकाल : १६ बैशाख २०६८
दोहा, कतार ।

0 comments