केही हाईकु

चंन्चले मन,
आकाश छुन खोज्छ
धर्तीमा बसि ।।१।।

हरायो खुशी,
कतै भेटिन मैले
तिमीले देख्यौ ? ।।२।।

दुध पिलाए,
नागिनलाई मैले
डसेर गयो ।।३।।


उस्को खुशीमा,
रमाउदै बसेर
आफै रिक्तिए ।।४।।

झूल्के घामले,
हिमाललाई चुम्दा
खिस्स हाँसे म ।।५।।

0 comments

Post a Comment