गजल

नयाँ बर्ष सबैमा खुशी बुनेर आउनु,
ओठै भरि पारीलो हर्ष उनेर आउनु ।

नयाँबस्ति बसालौ यहि धर्तीमा अब,
जहेरीला मनको जालो थुनेर आउनु ।

हिडे यहाँ कतिले पापै पापको बाटो,
सहिमार्ग लैजाने बाटो चुनेर आउनु ।


नयाँनयाँ बिहानी नयाँ दैनिकी बन्नु,
धरती’कै हितमा लक्ष्य गुनेर आउनु ।

बस्ति भरि बर्षले नयाँ गोरेटो कोर्दा,
हाँस्नुपर्छ सबैले उमंग तुनेर आउनु ।।

रचनाकाल : २७ मार्च २०११

0 comments

Post a Comment