धोका दियो

यो धर्तीमा मलाई बुझ्ने एउटा मुटू थियो,
उस्ले पनि झेल गरि मलाई धोका दियो ।

कोहिछैन मेरो भागमा मैले उस्लाई रोजे,
स्वार्थी बस्ने दुनियाँमा किन साथी खोजे ।
एकै धड्कन हाम्रो भन्ने एउटा मुटू थियो,
उस्ले पनि झेल गरि मलाई धोका दियो ।


नियतीको खेल हो कि खोटी भाग्य मेरो,
उस्कै यादमा जल्छ मुटू हिजो आज मेरो ।
आफै भन्दा प्यारो लाग्ने एउटा मुटू थियो,
उस्ले पनि झेल गरि मलाई धोका दियो ।।

रचनाकाल ३० मार्च २०११
दोहा, कतार ।

0 comments

Post a Comment