लुक्यो कि

निरास देखे उस्को मुहार कतै दुख्यो कि,
भोगाईसँग दिक्क मान्दै खुशी लुक्यो कि ।

उस्लाई देख्न पाईनभने छातीभरि पोल्छ,
निरासदेख्दा उस्को मुहार मुटूपनि जल्छ ।
मलाई मायाँ गर्दा गर्दै आशै सुक्यो कि,
भोगाईसँग दिक्क मान्दै खुशी लुक्यो कि ।


पर पर हुन खोज्छिन् हिजो आज उनी,
उनी बिना अधुरो छ दुई दिनको जूनी ।
उस्कोलागि चोखो मायाँ कतै चुक्यो कि,
भोगाईसँग दिक्क मान्दै खुशी लुक्यो कि ।।

रचनाकाल : १७ चैत्र २०६७
दोहा, कतार ।

0 comments

Post a Comment