केही हाईकु

मेरो जिन्दगी,
तिम्रै हातमा सुम्पे
राख या फ्याँक ।।१।।

लाखौ भिडमा,
आफ्नो लाग्छ तिमी पो
साथ दिन्छौ कि ? ।।२।।


यो कस्तो मन,
छाडेर जानेलाई
कुर्नु पो भन्छ ।।३।।

नयनभरि,
तिम्रो विम्ब छल्किदा
परेली भिज्यो ।।४।।

रुनु पर्ने भो,
तिमी बिना म एक्लै
हाँस्न सक्दिन ।।५।।

0 comments

Post a Comment