गजल

तिमीसँग नाता टुटाई अर्कोतिर जोड्ने छैन,
मनैभरि लोभ पाली बाटो अन्त मोड्ने छैन ।

जिन्दगीका घुम्तिभरि साथदिन्छु तिम्रो मात्र,
आधी बाटो हिडेपछि मैले साथ छोड्ने छैन ।


खुशी राख्न सधैभरि तिम्रैलागि माली बन्छु,
जोरी बेरी खुशीपार्न अर्को दिल गोड्ने छैन ।

तिम्रैमात्र यो मुटूमा पूजा हुन्छ सत्य कसम,
आँधी हुरी आउँदापनि बाचाहरु तोड्ने छैन ।

रचनाकाल : १७ चैत्र २०६७
दोहा, कतार ।

0 comments

Post a Comment