मुटू जलेपनि

जूनेलीको आशा गर्छु अधेरीमा ढलेपनि,
बाहिर सधै रंग भर्छु भित्र मुटू जलेपनि ।

भोगाईमा नियतीले जस्तै खेती गरेपनि,
सधैभरि खुशीखोज्छु जस्तै बज्र झरेपनि ।
रोकिदैन यात्रा मेरो आँधी हुरी चलेपनि,
बाहिर सधै रंग भर्छु भित्र मुटू जलेपनि ।


कसैमाथि रीस छैन मेरो भागै खोसेपनि,
एैयाआथु भन्दिन म अगुल्ठाले ठोसेपनि ।
अरुलाई लुट्ने छैन भोकलागि गलेपनि,
बाहिर सधै रंग भर्छु भित्र मुटू जलेपनि ।।

रचनाकाल : १३ चैत्र २०६७
दोहा, कतार ।

0 comments

Post a Comment