केही हाईकु

रेगिस्तानमा,
विस्कुन पो लागेछ
मेरो सपना ।।१।।

मेरो आस्थामा,
किन प्रहार गर्‍यौ
धारीलो छुरा ।।२।।


सम्झेर माटो,
परेलीमा बर्षात
दर्काई बसे ।।३।।

मेरो माटोले,
सम्पूर्ण कुरा दियो
मैले के दिए ? ।।४।।

झस्केर दुख्छु,
जिन्दगी केलाउँदा
घाटा हातैमा ।।५।।

0 comments

Post a Comment