गजल

आज फेरि परदेशमा माटो सम्झि दुखे,
तेरोमेरो दाजुभाईमा फाटो सम्झि दुखे ।

लेकतिर हाँस्ने हिमाल बेशी बग्ने नदी,
सुनफल्ने मेरै देशको पाटो सम्झि दुखे ।


किन परे मेरा पाईला पराई देश माथि,
यतै लाग्न हतारगर्ने बाटो सम्झि दुखे ।

चुलिदैछ साहुको ऋण कसो गरि तिर्ने,
आफैसँग हिसावगर्दै घाटो सम्झि दुखे ।

भकारीछ पीरै पीरको छाती भित्र कति,
छातीभरि जलनहुँदा खाटो सम्झि दुखे ।।

रचनाकाल : ०६ चैत्र २०६७
दोहा, कतार ।

0 comments

Post a Comment