दुई मुक्तक

बलेको आगो ताप्ने ज्ञानी हजार,
फलेको हाँगो भाँच्ने बानी हजार ।
विश्वास माथि घात हुन्छ अचेल,
स्वार्थमै रम्ने मनको खानी हजार ।।१।।


रुख चढाई फेद ढाल्यौ तिमीले,
फसाउन स्वार्थ पाल्यौ तिमीले ।
मेरो मायाँमा के खोट थियो र,
दिलको ढोकानै टाल्यौ तिमीले ।।२।।

0 comments

Post a Comment