दुई मुक्तक

तिम्रो जमातमा तिरस्कृत भएपनि,
मेरो खुशीले मलाई छाडि गएपनि ।
आशाभर्दै जीवन खोजौला बैमानी,
सपनाको जिन्दगी धेरै दुर रहेपनि ।।१।।


जो चोर उसैको ठूलो स्वर गर्‍यौ,
मेरै पसिना चुसेर त्यो भुडि भर्‍यौ ।
मेरो मायाँको श्राप लाग्छ निष्ठुरी,
आँसुमा डुबाएर किन पारी तर्‍यौ ।।२।।

0 comments

Post a Comment