केही हाईकु

हुलाकी आयो,
खवर खै आएन
मायाँ मारेछ ।।१।।

गोरेटो उहि,
मेरो पखाई उस्तै
तर आएनौ ।।२।।


जूनेली रात,
सपनामा ग्रहण
हैरान भए ।।३।।

संकल्प भित्र,
गृह युद्ध चल्दैछ
म टुट्छु क्यारे ।।४।।

बधाई दिन्छु,
नयाँ।। संसारलाई
हाँसेर बाँच ।।५।।

0 comments

Post a Comment