गजल

तिमीसँग चोखोनाता, जोडि पछुताए,
तिम्रै नाउँ यो पाईला, मोडि पछुताए ।

कति आए बासमाग्न, हुन्न भन्दै टारे,
नचिनेर चोखो आत्मा, तोडि पछुताए ।


दोबाटोमा भेट भयो, बस्यो मायाँपनि,
स्वार्थ फल्ने पाटोलाई, गोडि पछुताए ।

विश्वासमा मुटू दिए, सुम्पे खुशीपनि,
सारा खुशी तिम्रोतिर, छोडि पछुताए ।।

रचनाकाल : २६ फागुन २०६७
दोहा, कतार ।

0 comments

Post a Comment