दुई मुक्तक

जतिसक्छौ हाँसेहुन्छ मैले चोटमा जल्दा,
पिरतीमा घात लागि तिरस्कृत भै गल्दा ।
जसो तसो बाँच्नु पर्ने नियतीको खेलमा,
भलोहुन्न सुनेकोछु जाल झेलमा फल्दा ।।१।।


गुण खाने बैगुनीको सम्झनाले सताउछ,
मन भित्र कुरा खेल्दा चाहानाले मताउछ ।
किन होला सोझोमाथि झेलगर्छ ईश्वरले,
सोझोलाई लुटभन्दै जालीआत्मा पठाउछ ।।२।।

2 comments

निकै राम्रो रचना भानु जी ...अझ दोश्रो मुक्तक त -यथार्थ भाव बोकेको एक दम उत्कृष्ट लाग्यो !

किन होला सोझोमाथि झेलगर्छ ईश्वरले,
सोझोलाई लुटभन्दै जालीआत्मा पठाउछ ।।

Post a Comment