गजल

सपना फाट्यो चारैतिर, त्यसैलाई टाल्दैछु म,
जीउने आशा अझैपनि, आफुभित्र पाल्दैछु म ।

आउँछ पक्कै मेरोपनि, जिन्दगीमा बहार त्यो,
विश्वास पाल्दै मुटूभरि, शंकाजति गाल्दैछु म ।


ओइली बस्नु कतिदिन, मौलाउँदो जवानी छ,
गुलाव जस्तै फूल्छुभनि, पीडाहरु फाल्दैछु म ।

जीवन के हो बल्ल्ल बझे, अधेरीमा ढलेर पो,
स्वर्णिम पार्न मेरो कर्म, होसियारी बाल्दैछु म ।

पाउनु अनि गुमाउनु, रीत भन्छन् दुनियाँ कै,
फाईदा छैन दुख्दै बस्नु, नयाँयात्रा थाल्दैछु म ।।
रचनाकाल : ०७ फागुन २०६७
दोहा, कतार ।

0 comments

Post a Comment