कुनै सीमा छैन

यति ठूलो संसारमा, मलाई बुझ्ने कोहि छैन,
कति दुखे भोगाईमा, त्यसको कुनै सीमा छैन ।

भोलि भेट्छु खुशीभन्दै, सपना उन्दै बसेको’थे,
मनभित्र आशा थप्दै, विश्वास बुन्दै बसेको’थे ।
उधारोमै मायाँ साटे, नगद हाल्ने कोही छैन,
कति दुखे भोगाईमा, त्यसको कुनै सीमा छैन ।


हुरी ल्यायो नियतिले, सपना सारा उडि गयो,
आशाहरु टुट्योफूट्यो, बैशालु मन खुडि भयो ।
ढली बसे अधेरीमा, दियालो बाल्ने कोहि छैन,
कति दुखे भोगाईमा, त्यसको कुनै सीमा छैन ।।

रचनाकाल : २४ पुष २०६७
दोहा, कतार ।

1 comments

wa wa wa ...
Bhanu ji khatara cha ni kabita ta..

Post a Comment