केही हाईकु

मन छलेर,
सपना देख्दिन म
यो मुटू दुख्छ । (१)

मलाई दुख्दा,
शितल हुन्छ भने
दुखेरै बस्छु । (२)

मेरो मायाँमा,
कमजोरी थिएन
किन लत्यायौ । (३)


जिउँदै मरे,
समाजको आँखामा
तिम्रो कारण । (४)

मायाँ गर्नेको,
बाँच्ने आधार खोस्यौ
धन्य हो मति । (५)

0 comments

Post a Comment