तीन गेडीहरु

यो जिन्दगी बनायौ, खहरेको बगर,
आँसु दियौ सहुँला, बिम्ती हल्ला नगर ।
रोज्दैछु,
पीडा धुने, पानी खोज्दैछु ।१।

बाँकी छैन भरोषा, जित्छु भन्ने मनैमा,
गुप्तबास जाँदैछु, हामी डुल्ने बनैमा ।
मेटिन्छु,
खोज्यौ भने, त्यतै भेटिन्छु ।२।


घमण्डमा फसेर, चोखो मायाँ जलायौ,
मेरो आँखा छलेर, तिमी कति पलायौ ।
नानीले,
दुख्नु पर्छ, छल्ने बानीले ।३।

0 comments

Post a Comment