तीन मुक्तक

तिम्रो यादमा नरोएको कुनै त्यस्तो पल छैन,
मेरो दुखाई सफा गर्ने कुनै त्यस्तो जल छैन ।
दुख्छु सधै एकान्तमा तिम्रो धात केस्रा पार्दै,
पीडा फाली मौलाउन कुनै त्यस्तो मल छैन ॥१॥

भत्किएको मेरो संसार टाल्न खोज्दैछु अचेल,
मुटू खाने सारा बेदना फाल्न खोज्दैछु अचेल ।
निरासाको कालो बादल हटाउ भन्छ यो मन,
जोशैजोशमा नयाँयात्रा थाल्न खोज्दैछु अचेल ॥२॥



यात्रागर्नु कठिन हुन्छ सानो मुटू हुनेसँग,
त्यस्ता मुटू फेर्ने गर्छन् बेला बेला रङग ।
पाइलै पिच्छे शंकाहरु रोप्दै हिंड्ने गर्छन्,
जिन्दगीलाई बुझ्ने हेर्ने हुन्न उस्को ढंग ।।३।।

0 comments

Post a Comment