सपना
तिम्रो रहरमा
बेखबर मनले भन्छ अचेल
तिमी बेगियौ
फगत किन बेगियौ
तिम्रो गन्तब्य त मेरो छाती हो ।
बर्षातको आशामा बाँच्ने
खहरेको बगर भएकोछु म अचेल ।
तिमी आउनेछौ
हो आउनेछौ गड्गडाएर
अनि फेरि हाम्रो संगम हुनेछ ।
धरती गोलो छ
त्यसैले त ढुक्कछु म अचेल
घुम्दै फेरि आउनेछौ
गोधुली साँझमा मायाँगर्ने मुटू बोकेर
म त्यो पल हर्षासु उराल्दै तिमीलाई चुम्नेछु ॥
बेखबर मनले भन्छ अचेल
तिमी बेगियौ
फगत किन बेगियौ
तिम्रो गन्तब्य त मेरो छाती हो ।
बर्षातको आशामा बाँच्ने
खहरेको बगर भएकोछु म अचेल ।
तिमी आउनेछौ
हो आउनेछौ गड्गडाएर
अनि फेरि हाम्रो संगम हुनेछ ।
धरती गोलो छ
त्यसैले त ढुक्कछु म अचेल
घुम्दै फेरि आउनेछौ
गोधुली साँझमा मायाँगर्ने मुटू बोकेर
म त्यो पल हर्षासु उराल्दै तिमीलाई चुम्नेछु ॥

0 comments