तीन गेडीहरु
आँखा मिच्दै टोलिन्छु, तिम्रो याद आउँदा,
आफू एक्लै बौलिन्छु, कोईलीले गाउँदा ।
बल्झियो,
नाता टुट्यो, याद अल्झियो ।(१)
निष्ठुरीको जालमा, माछा जस्तै फसेछु,
उस्को कालो दिलमा, ब्यर्थै बास बसेछु ।
जानुछ,
उस्को याद, बोकी लानुछ ।(२)
उकालीमा पर्खेनौ, ओरालीमा झरेनौ,
बसे तिम्रै आशमा, किन वास्तै गरेनौ ।
आएनौ,
सोझोसँग, मायाँ लाएनौ ।(३)
आफू एक्लै बौलिन्छु, कोईलीले गाउँदा ।
बल्झियो,
नाता टुट्यो, याद अल्झियो ।(१)
निष्ठुरीको जालमा, माछा जस्तै फसेछु,
उस्को कालो दिलमा, ब्यर्थै बास बसेछु ।
जानुछ,
उस्को याद, बोकी लानुछ ।(२)
उकालीमा पर्खेनौ, ओरालीमा झरेनौ,
बसे तिम्रै आशमा, किन वास्तै गरेनौ ।
आएनौ,
सोझोसँग, मायाँ लाएनौ ।(३)
0 comments