आफै सँग भागि
कसरी म हाँस्न सक्छु खुशी पैचो मागि,
कति दिन बाँच्न सक्छु आफै सँग भागि ।
उस्कै याद बल्झिएर मुटू गाल्न गाल्यो,
एकै मुठी प्राण पनि भारी लाग्न थाल्यो ।
मुटू दुख्दा आशा पनि गयो सीमा नाघि,
कति दिन बाँच्न सक्छु आफै सँग भागि ।
शुन्य लाग्छ बन पाखा आज एक्लै हुँदा,
छैनन् कोहि आँसु पुछ्ने मुटू मिच्दै रुँदा ।
चारै दिशा बन्द देख्छु बाटो मेरो लागि,
कति दिन बाँच्न सक्छु आफै सँग भागि ॥
रचनाकाल : १९ माघ २०६७
दोहा कतार ।
कति दिन बाँच्न सक्छु आफै सँग भागि ।
उस्कै याद बल्झिएर मुटू गाल्न गाल्यो,
एकै मुठी प्राण पनि भारी लाग्न थाल्यो ।
मुटू दुख्दा आशा पनि गयो सीमा नाघि,
कति दिन बाँच्न सक्छु आफै सँग भागि ।
शुन्य लाग्छ बन पाखा आज एक्लै हुँदा,
छैनन् कोहि आँसु पुछ्ने मुटू मिच्दै रुँदा ।
चारै दिशा बन्द देख्छु बाटो मेरो लागि,
कति दिन बाँच्न सक्छु आफै सँग भागि ॥
रचनाकाल : १९ माघ २०६७
दोहा कतार ।
0 comments