केही हाईकु

उर्लायौ सधै,
घमण्डको खहरे
खुशी बगायो । (१)

झुकेकै हो नि,
सीमाना भन्दा तल
बेकारै भयो । (२)
आशाको खेती
लगाए मनभिर
फल्दै फलेन । (३)

तिमीले दियौ
आँसुको उपहार
सम्हाली राखे । (४)

धन्य छ तिम्रो
घमण्डी मनलाई
छलेर बाँच । (५)

0 comments

Post a Comment