गजल

सोझो देखि एकान्तमा, लुट्ने मुटू नदेउ,
स्वार्थ फूल्दा स्वार्थसँगै, टुट्ने मुटू नदेउ ।

मरि जाने जिन्दगीमा, जाल हान्नु गलत,
आशा बाँडि मौकामिले, छुट्ने मुटू नदेउ ।

तिम्रो जस्तै उस्कोपनि, फूल्नु पर्ला रहर,
फूल्नलागे खुशी खोस्न, जुट्ने मुटू नदेउ ।

लाहा छाप बन्नु पर्छ, हाम्रो बोली बचन,
बाचागर्दै पछि झ्याली, चुट्ने मुटू नदेउ ।

मैलेमात्र हाँसौ भन्ने, राख्नु हुन्न सोचाई,
काँडा पाली विश्वासनै, भुट्ने मुटू नदेउ ॥

रचनाकाल : ०३ फाल्गुन २०६७
दोहा कतार ।

0 comments

Post a Comment