मोड्नु पर्ला

बैगुनीको यादमा आँसु, झार्नलाई छोड्नु पर्ला,
उस्कैसाथ जीउछु भन्ने, आशलाई मोड्नु पर्ला ।

उजाड भो संसार मेरो, फेरि फूल्ने आश छैन,
हावा हुरी आउँदा पनि, ओत लाग्ने बास छैन ।
पर्दा राखि नजर माथि, बाचालाई तोड्नु पर्ला,
उस्कैसाथ जीउछु भन्ने, आशलाई मोड्नु पर्ला ।

खुशी माथि ग्रहण लाग्यो, उसैलाई कुरी बस्दा,
हाँस्नपनि मुस्किल भयो, पिरतीमा घात खस्दा ।
बिजाउने अतित झिकी, मुटूलाई जोडनु पर्ला,
उस्कैसाथ जीउछु भन्ने, आशलाई मोड्नु पर्ला ॥

रचनाकाल : १६ फागुन २०६७
दोहा कतार ।

0 comments

Post a Comment