ऐ नयाँ युगका नयाँ मान्छेहरु
कुनै समय बियोगान्त कथा उपन्यास पढेर सुनेर म नराम्रोसँग दुख्ने गर्थे । कहानी भित्रका खलनायक पात्रको चरित्र देखेर म हैरान हुन्थे । के मान्छे यति सम्म क्रुर बन्न सक्ला त ? आफैलाई प्रश्न गर्थे । दुई दिनको पाहुना मान्छेमा यस्तो क्रुरता स्वभाव लुकेको हुन्छ होला जस्तो मलाई लाग्दैन थियो । म त्यो बेला आफ्नो जिज्ञासु मनलाई यो सब स्तम्भकारको कला हो भनेर सम्झाउथे । कहानी र यथार्थमा आकाश जमिनको फरक छ भन्ने मान्यता थियो मेरो । वास्तवमा यथार्थले नै कहानी जन्माउदो रहेछ । म त्यो आज बुझ्दैछु । हिजोका कसैको जीवन भोगाई आज कहानी बनेर हाम्रो सामु उपस्थित हुँदो रहेछ । मैले जिन्दगीका यो मोडसम्म आईपुग्दा धेरै त्यस्ता अमानवीय कार्य देखेकोछु सुनेकोछु । मान्छे जीउने बहानामा पापको भारी बोक्दैछ, बोक्दैछ । मान्छे पापको भारी बोकेर कहिलेपनि नथाक्ने ज्याद्रो प्राणी हो भन्दा फरक नपर्ला ।
आज मलाई नयाँ युगका आधुनिक मान्छेहरुको बारे केही भन्न मन लाग्यो । मेरो मनलाई काउकुती लागेकोले म केही लेख्दैछु । यो प्रयासलाई मेरा भगवान पाठक महोदयले कसरी हेर्नु हुन्छ त्यो नितान्त उहाँहरुको आफ्नो अधिकार भित्रको कुरा हो । जानी नजानी कलम चलाउनु मेरो धर्म हो मेरो भावना तपाईहरु सामु पुर् याउनु पूजा हो भन्ने म ठान्दछु । तसर्थ म लेखि रहन्छु निन्तर, निरन्तर । म आउनेछु केहि बोकेर । यो शिलशीला चलिरहनेछ । मेरो मस्तिष्कमा चेत रहे सम्म । कहिले मुस्कुराउदै आउनेछु । कहिले रुँदै आउनेछु । म जसरी आएपनि मलाई हेर्ने नजर तथा बुझ्ने मन फरक नहोस् भन्ने चाहाना छ मेरो ।
आज मलाई नयाँ युगका आधुनिक मान्छेहरुको बारे केही भन्न मन लाग्यो । मेरो मनलाई काउकुती लागेकोले म केही लेख्दैछु । यो प्रयासलाई मेरा भगवान पाठक महोदयले कसरी हेर्नु हुन्छ त्यो नितान्त उहाँहरुको आफ्नो अधिकार भित्रको कुरा हो । जानी नजानी कलम चलाउनु मेरो धर्म हो मेरो भावना तपाईहरु सामु पुर् याउनु पूजा हो भन्ने म ठान्दछु । तसर्थ म लेखि रहन्छु निन्तर, निरन्तर । म आउनेछु केहि बोकेर । यो शिलशीला चलिरहनेछ । मेरो मस्तिष्कमा चेत रहे सम्म । कहिले मुस्कुराउदै आउनेछु । कहिले रुँदै आउनेछु । म जसरी आएपनि मलाई हेर्ने नजर तथा बुझ्ने मन फरक नहोस् भन्ने चाहाना छ मेरो ।
आधुनिक समाजका आधुनिक मान्छे । सन्तान थरिथरीका । धेरै जसोले भुँईमा बसेर आकाश छुने सपना बुन्छ । त्यो पनि बिना परिश्रम । परिश्रम नगरी आकाश सम्मको यात्रा सम्भव छैन । थाहा छ सबैलाई । तरपनि बेखबरको अभिनय गर्छ । अनि भन्छ 'सोचे जस्तो हुन्न रै छ जीवन' । सोचे जस्तो जीवन बनाउनलाई समयको गतिसँग चल्न सक्नु पर् र्छ । मान्छे समयको गतिसँग चल्न अल्छि गर्छ । जिन्दगीका हर मोडमा अवसरहरुले पर्खि रहेको हुन्छ । तर मान्छे त्यस्लाई सदुपयोग गर्न आनाकानी गर्छ । नयाँ युगका मान्छे घाटी भन्दा हड्डी ठुलो निल्नमा ब्यस्त रहन्छ । अरु घोडामाथि चढ्या देख्यो भने, आफू कुकुरमाथि चढ्न बेरपनि लगाउँदैन । लगानी बिनाको फाईदा र आम्दानी बिनाको खर्च गर्ने मनस्थितीकै कारण मान्छेको जीवन सोचे जस्तो हुन सक्दैन । सोचे जस्तो जीवन नभएपछि पाईला गलत डोबतिर पर्न थाल्छन् । रमझमको रंगिन दुनियाँमा रम्न कामातुर मनहरु गलत गर्नपनि डराउदैनन् । त्यस्ता आधुनिक मनहरुबाट समाजलाई नोक्सान भै रहन्छ । हो भै रहन्छ ।
आजको नयाँ युगमा लाज, घिन र डर नभएको मान्छेबाटै पाप हुने गर्छ । जो मान्छेले यात्रामा यी तीन कुराको ख्याल गर्दैन त्यो मान्छेमा रतिभर मानवता हुन्न । म त्यस्तालाई मान्छे भन्न रुचाउँदिन । लाज, घिन र डर भयो भने मात्र मान्छे सहि बाटोमा हिड्न सक्छ । लाज पचेर रुपको बिस्कुन लगाउदैमा मान्छे कहाँ महान हुन सक्छ । हिस्टोरियाले ग्रसित कामातुरहरुको बस्तिमा मात्र त्यो रुपको लिलाम बढाबढ हुन्छ । ईन्ची भरको कटनमा आफूलाई लपेट्दैमा आधुनिक मान्छे हुदैहुदैन । हाम्रो समाजका नयाँ मान्छेहरुमा अर्को नराम्रो चलन भनेको देखासिखी गर्नु हो । देखासिखीमा जीउने मनहरुबाट हाम्रो समाजमा धेरै अराजकता फैलिएको छ । समय समयमा यी मनहरुले समाजमा विचलन ल्याउछन् । अपराधीक गतिविधीमा यहि मनहरुको बढि सहभागिता हुन्छ ।
आधुनिक बन्ने होडमा नयाँ मान्छेहरु ढुङ्गे युगका अचेतनशील मानव भन्दापनि तल झरि सकेकाछन् । हाम्रो समाज प्रगतीतर्फ होईन दुर्गतीतर्फ धकेलिदैछ । प्रविधीको सहि सदुपयोग नसक्ने अनि हैकमवादी मनस्थितीले ग्रसित हुने मान्छेहरुबाट यो सुन्दर संसारको बिनाश हुदैछ । यस्तै होडवाजी मौलाउदै गए भोलि यो धरती रहने छैन । हामी या हाम्रो सन्तति रहने छैनौ । हामी या हाम्रो सन्ततिले अकाल मृत्युवरण गर्नु पर्ने निश्चित छ । नयाँ मान्छेहरुले दया,मायाँ,विशवास र मानवतालाई पोलि पकाई खाई सकेकाछन् । दया, मायाँ, विश्वास र मानवता बिनाको धरती निरन्तर घुमी रहन सक्दैन ।
ऐ !आधुनिक मान्छेहरु । अब सोच । हो सोच्नैपर्छ । आफूलाई आधुनिक मान्छे हो भन्छौ भने समाजलाई केहि नयाँ कुरा देउ । आफ्ना सुकुमार हातहरुले केहि नयाँ कुराको सिर्जना गर । यो संसारलाई फूलको आँखाले हेर । आफ्नो ज्ञानेन्द्रियलाई बसमा राखेर उपलब्ध स्रोत साधनको सहि सदुपयोग गर । अरुको भरमा आफ्नो सपनाको खेती नगर । आफ्नो लागि आफै गर । आफ्नो सपना फूलाउन, अरुको सपना नलुट । यात्रामा कहिलेपनि घमण्ड नगर । हामी त पाहुना हौ केलव दुई दिनको । भोलि जानेछौ खाली हात । दुई बाँच्ने जिन्दगीमा कसैको आँखाभित्र बिजाउनु हुन्न । आफ्नो पेट भर्न अरुको भाग खोस्नु हुन्न । समयमै आफूलाई चिन । आफ्नो कर्तव्यलाई बुझ । अरुलाई बचाएर आफू बाँच । आफूलाई कहिलेपनि पर्दाभित्र नराख । आफ्नो मन मस्तिष्कलाई सिर्जनशील काममा खर्च गर । अनि पो साँच्चिकै नयाँ युगका नयाँ मान्छे बन्नेछौ । मरेरपनि सदा सदा बाँचिरहनेछौ । धरतीको मुहार फेर्ने कर्तब्य तिम्रो हो । तिमीले जे रोप्छौ त्यहि फल्छ यहाँ । त्यसैले म भन्छु आउ अब यहाँ दया मायाँ र विश्वास रोपौ । हाम्रो समाजमा ब्याप्त रहेको जाल झेल, हत्या हिंसाको जरै उखेलेर फ्याँकौ । अब यो धरतीलाई स्वर्ग भन्दापनि सुन्दर बनाऔ ।
0 comments