तीन गेडीहरु
दुई दिने जिन्दगी, सारो भयो जिउनु,
जताततै फाटेछ, कस्ले सक्छ सिउनु ।
फाटेछ,
निष्ठुरीले, डाँडै काटेछ ।(१)
पिरतीमा तिमीले, खेती गर् यो झेलको,
कुल्चि दिन्छन् सबैले, लिग भए रेलको ।
आशैमा,
मेरो खुशी, लग्यौ पासैमा ।(२)
धेरै दुख्यो सपना, अनि मन खिन्नभो,
चारैतिर स्वार्थछ, अर्को जूनी लिन्नभो ।
धुतेर,
हाँसे स्वार्थी, अरु लुटेर । (३)
जताततै फाटेछ, कस्ले सक्छ सिउनु ।
फाटेछ,
निष्ठुरीले, डाँडै काटेछ ।(१)
पिरतीमा तिमीले, खेती गर् यो झेलको,
कुल्चि दिन्छन् सबैले, लिग भए रेलको ।
आशैमा,
मेरो खुशी, लग्यौ पासैमा ।(२)
धेरै दुख्यो सपना, अनि मन खिन्नभो,
चारैतिर स्वार्थछ, अर्को जूनी लिन्नभो ।
धुतेर,
हाँसे स्वार्थी, अरु लुटेर । (३)
0 comments