तिम्रै नाम जप्छु

बाँचुन्जेली धरतीमा, तिम्रै नाम जप्छु ।
तिमीसँग मनमिल्यो, बास त्यतै सारे,
नियतीको खाडलमा, खस्दा मैले हारे ।
पिरतीको आगनीमा, सयौ घात खप्छु,
बाँचुन्जेली धरतीमा, तिम्रै नाम जप्छु ।
तिमीलाई दोषदिन्न, मेरै भाग्य उस्तो,
समाजको नजरमा, मेरै मायाँ सस्तो ।
तिम्रैलागि खुशी भर्न, धेरै कष्ट खप्छु,
बाँचुन्जेली धरतीमा, तिम्रै नाम जप्छु ॥
रचनाकाल : १० माघ २०६७
दोहा, कतार ।
0 comments